२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

आशा लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२५ पुस, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बिक्रीमा राखिएको सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम भएको छ ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् । साथै, निर्धारित समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:३६