रवि र बालेनले जवाफ दिएपछि एमाले महासचिवको प्रश्न, सिंहदरबार जलाउने को ?
२५ पुस, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार बिहानै कार्यकर्तामा दुई प्रश्नका लागि अपिल गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हस्ताक्षर गरेर लिखित रूपमै जेनजी आन्दोलनको अपनत्व लिएको दुई सातापछि सिंहदरबार जलाउने को भनेर प्रश्न गर्नुभएको छ ।

उहाँले सिंहदरबार पुनर्निर्माण एमालेको सरकारले गराएको र सिंहदरबार जलाएको रवि-बालेनको समूहले हो भन्ने जवाफ सबैले जानुन भन्ने आशयसहित अब प्रश्न गरौँ भनेर दुई प्रश्न राख्नुभएको छ ।
यस्तो छ पोखरेलको प्रश्न, ‘अब प्रश्न गरौः भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:१८







