२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

विजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदन, सेयर पाउन भाग्यमै भर !

२४ पुस, काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा मागभन्दा ५७ गुणा बढी आवेदन परेको छ ।सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार संस्थाको एफपीओमा आज अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाले २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५७.१२ गुणा बढी आवेदन हो ।

कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणहरुका लागि १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको थियाे । कम्पनीकाे एफपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ४६ हजार ६८१ जना आवेदक १० कित्ता प्राप्त गर्नेछन् । भने झण्डै साढे २२ लाखको हात भने खाली हुने छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १७:४०