६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

सेयर बजारमा लगातार ३ दिन बिदा, यस्तो छ कारण

२४ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार तीन दिन बन्द हुने भएको छ । साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण सेयर बजार अब आगामी सोमबार मात्रै खुल्ने भएको हो।

आज साताको अन्तिम कारोबारकाे दिन बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबारबाट मात्रै  नियमित कारोबार हुनेछ। भोलि शुक्रवार र र पर्सि शनिवार साप्ताहिक बिदा परेकाले बजार बन्द रहनेछ। त्यसैगरी, आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि सेयर बजार बन्द हुनेछ । त्यसैले अब तीन दिनको बिदापछि आगामी पुस २८ गते सोमबारदेखि मात्रै सेयर कारोबार हुनेछ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १६:५१