२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२४ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ४.५९ अकंले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

आज १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे २० करोड रुपैयाँकाे काराेबार भएकाे छ । यस दिन सान्भि इनर्जीको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशत बढेको छ।

 

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १५:१६