२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ४.५९ अकंले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

आज १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे २० करोड रुपैयाँकाे काराेबार भएकाे छ ।

त्यस्तै, यस दिन बन्दीपुर केवलकारको १७ करोड ६० लाख रुपैयाँ, सान्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ, सागर डिस्टीलरीको १५ करोड तीन लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १५:१२