सिंगटी हाईड्रोले १०० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
२४ पुस, काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयाे ।
कम्पनीको सोह्रौँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १ः१ को अनुपातमा १०० अंकित दरको जम्मा ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न पारित भएको थियो ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १४:३७








