अमेरिका-भेनेजुएला घटनाबारे परराष्ट्र मन्त्रालयले भन्योः नजिकबाट नियालिरहेका छौँ
२४ पुस, काठमाडाैं । परराष्ट्र मन्त्रालयले भेनेजुएलाकाे हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो। नेपाली कम्युनिष्ट पार्टी र सम्बद्ध संगठनहरुले अमेरिकी कदमको निन्दा गरिरहेका बेला परराष्ट्र मन्त्रालयले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको हो ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेकाे छ, ‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ । नेपालले संवाद, कूटनीति र आपसी समझदारीमार्फत् विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा विश्वास गर्छ।’
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:३०








