४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

शुभम पावरको १४ लाख ३१ हजार सेयरको लकइन अवधि माघमा समाप्त हुँदै

२४ पुस, काठमाडौं। शुभम पावर लिमिटेडको लक इन अवधि माघमा समाप्त हुने भएको छ । कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ११ हजार ६१० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ताको लक इन अवधि समाप्त हुन लागेको हो ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १०:४३