२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल

२४ पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो २ जनाबीच ३ घण्टा लामो छलफल भएको हो ।

उहाँहरूबीच विहान ११ बजेदेखि सुरू भएको छलफल दिउँसो साढे २ बजेसम्म चलेको थियो । छलफल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित भएको बताइएको छ ।

कार्कीसँगको छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाउनु भएको थियो भने प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १८:३६