९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

एसवाई प्यानलसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२३ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १० कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ । बुधबार एसवाइ प्यानल नेपालको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन  श्रीनगर एग्रीटेकको २३ करोड ५५ लाख ६५ हजार रुपैयाँ, मन्जुश्री फाइनान्सको २० करोड ४७ लाख ७३ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड १० लाख २२ हजार रुपैयाँ, सागर डिस्टीलरीको १५ करोड ६८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : January 7, 2026 at 3:18 pm