२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

२३ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.६४ अंकले बढेर २६५०.९५ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४८ स्टकको १०८ पटकको कारोबारमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ ८० पैसाबराबरको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ११:००