तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
२३ पुस, काठमाडाैं। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ नामक ऋणपत्र (१ वर्षे) बिक्री गर्न लागेको हो । यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रमा बोलकबोल गर्दा एकल वा बहु ब्याजदर दुवै माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १०:३८








