एमाले अर्घाखाँचीद्वारा कारागारमा रहेका टोपबहादुरसहित पाँच जनाको नाम सिफारिस
२२ पुस, काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ।
एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो।
मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बैठकले रायमाझी सहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो।
प्रकाशित मिति : 16:39









