एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२२ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.९३ अंकले बढेर २६४९.३० काे विन्दु कायम भएकाे छ । मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो । मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ, शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँ, बन्दीपुर केवलकारको २१ करोड रुपैयाँले सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १५:१८








