२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

एचआईडीसीएलको सञ्चालकमा ज्ञवाली निर्वाचित

२२ पुस, काठमाडाैं । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) काे सञ्चालकमा सुधिर ज्ञवाली निर्वाचित हुनुभएकाे छ । पुस २१ गते बसेको कम्पनीको १४ औं वार्षिक साधारण सभाले १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको थियो ।

जसपश्चात भएको निर्वाचन प्रक्रियाबाट अधिकतम मत प्राप्त गरी सुधिर ज्ञवाली सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्वाचित हुनुभएकाे हाे ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १३:४४