१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२२ पुस, काठमाडाैं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुनः २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको हो।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइन माध्यमबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलकै आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यो एक वर्षे अवधिको ऋणपत्र हो, जसको साँव भुक्तानी २०८३ पुस २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : January 6, 2026 at 12:04 pm