समृद्धि र पोखरा फाइनान्सले बोलायाे साधारणसभा
२२ पुस, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडले माघ १४ गते आ–आफ्नो वार्षिक साधारणसभा बोलाएकाे छ ।
समृद्धि फाइनान्सले चौबीसौं वार्षिक साधारणसभा हेटौंडास्थित होटल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहान ११ बजेदेखि र पोखरा फाइनान्सको अठ्ठाईसौं र उनन्तीसौं वार्षिक साधारणसभा पोखरास्थित दरबारथोक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरू हुनेछ।
समृद्धि फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालकको नियुक्ति अनुमोदनको प्रस्ताव पारित गर्नेछ। पोखरा फाइनान्सले गत दुई आवका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा मनोनीत सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।
त्यसैगरी दुवै कम्पनी आपसमा १ः१ को सेयर अनुपातमा मर्जरको प्रस्ताव पारित गर्ने, मर्जरपछि सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिई पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने, मर्जरपछि गठन हुने सञ्चालक समितिमा संस्थाबाट सञ्चालकको प्रतिनिधित्व गर्ने सञ्चालकको नाम पारित गर्ने र थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन्।
साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले पुस ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ पुस २९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : 10:10









