७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन

२१ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सेयरमा मूल्य समायोजन भएकाे छ। यस दिन नेप्सेमा एनएलजी इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि कम्पनीको सेयरमूल्य ६७१.१५ रुपैयाँ कायम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य ६९८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजनपछि सेयर मूल्य १ हजार १४२ रुपैयाँ निर्धारण गरिएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ३०५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।

यस्तै, बिन्धवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर समायोजनपछि सेयरमूल्य ४५५.१४ रुपैयाँ कायम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजित साेही मूल्यकाे आधार मंगलबार यी कम्पनीहरूकाे दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १७:०७