२८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४७ करोडको कारोबार
२१ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा कायम भएको हो । सोमबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३८ करोड ६९ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, एसवाइ प्यानल नेपाल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवलकार, रुरु जलविद्युत परियोजना र बलेफी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १५:२७








