शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२१ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा कायम भएको हो । सोमबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३८ करोड ६९ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।
त्यस्तै, यस दिन बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँ, एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको १६ करोड १४ लाख रुपैयाँ र सागर डिस्टीलरी लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १५:२३








