२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

सूर्यकुण्ड हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुने

२१ पुस, काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ भोलि पुस २२ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँड गर्ने भएको हो ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँडको कार्यक्रम तय गरिएको छ । आईपीओमा ६ हजार ८९६ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १०:२०