सालपा विकास बैंकको आईपीओमा माग भन्दा बढी आवेदन, सेयर पाउन भाग्यमै भर !
२१ पुस, काठमाडौं । सालपा विकास बैंकको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४०७ जनाले आवेदन छन् । सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता सेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो । उक्त आवेदन माग भन्दा १९.३७ गुणा बढी हाे ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।
बैंकले बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड हुनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४३ हजार ९ सय १७ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी २२ लाख ६९ हजार ४ सय जना लगानीकर्ताको हात रित्तो हुने देखिएको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १०:०८








