नेप्सेमा ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
२० पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, कालिका लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन हाे ।
नेप्सेमा नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ७५३.१४ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार १ हजार ८४०.८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २३९.७२ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार २५८.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९८२.७३ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार १ हजार ८१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४८०.७७ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार २९८.३३ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार १ हजार ४८०.१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा यी कम्पनीकाे यी सेयर सोमबारबाट कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:०४








