दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२० पुस, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको हो । यस दिन ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन विन नेपाल लघुवित्त र श्रीनगर एग्रिगेटको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १५:१५








