२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष छुट सम्झौता

२० पुस, काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलमा रहेको मेडिकेयर हस्पिटल छुट प्रदान गर्ने सम्झौता भएको छ। नेपाल बैंककाकार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १५:०६