२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

४० लाख कित्ता निष्काशन गर्दै होटेल फरेस्ट इन, बोर्डबाट पायो अनुमति

२० पुस , काठमाडौं । होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएकाे छ ।

होटेललाई बोर्डले कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो । बोर्डको यो निर्णयसँगै होटेलले अब छिट्टै नै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १२:१३