६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

रिलायबल नेपाल लाइफको सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल

२० पुस, काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड नियुक्त गरेको छ । सञ्चालक समितिको निर्णयानुसार कम्पनीले  क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १०:२०