१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

रिलायन्स स्पिनिङ मिल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१८ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ रिलायन्स स्पिनिङ मिल्स । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि २४२.०५ रुपैयाँदेखि ७२६.१५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १७:५५