१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

२० प्रतिशत लाभांश पारित गर्दै सिटिजन लाइफको साधारण सभा सम्पन्न

१८ पुस, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे नवौं वार्षिक साधारणसभा आज (पुस १८ गते शुक्रबार) काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हाे। स

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि उक्त साधारणसभाले टुङ्गो लगाएको छ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारणसभा सभामा जानकारी गराउने र सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधाको सम्बन्धको प्रस्ताव पनि सभाले पारित गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत पुस ८ गते बुक क्लोज गरेको थियो। यसकाे अर्थ पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : January 2, 2026 at 3:40 pm