नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विकल्प देखिएन
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते हुने भएको छ । विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन ।

उनीहरूले पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेकाले विशेष महाधिवेशनको विकल्प नदेखिएको उनीहरूको तर्क रहेको छ । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने गरी हल बुक गरिसकेका छन । यस्तो छ पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्ति ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १२:४१












