६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

१८ पुस, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई गत पुस ४ गतेदेखि सर्वसाधारणहरुमा निष्कासन गरिएको थियो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यािपटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १०:३४