२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी–२० सिरिजकाे अन्तिम खेलमा नेपालले यूएईलाई दियाे १०५ रनको लक्ष्य

२० माघ, काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरकाे खेलमा १०४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी सन्दीपले ११ बलमा २८ रन बनाए भने विनोदले १३ बलमा २१ रन बनाए । त्यस्तै, करण केसीले ५ बलमा १० रन जाेड्न सफल भए ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १७:५२