नेप्सेमा ९ कम्पनीको सेयरमूल्य समायोजन
१८ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात हिमालयन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ८७२.०१ रुपैयाँ कायम भएको छ ।
समायोजनपश्चात युनाइटेड इदीमार्दी एण्ड आरविको सेयरमूल्य प्रतिकित्ता ५१९.०५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५४५ रुपैयाँ कायम थियो ।
यस्तै समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन यरेकाे छ । समायोजनपश्चात कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ७६४.७६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ८०३ रुपैयाँ कायम थियो ।
समायोजनपश्चात अपि पावरको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९४ रुपैयाँ कायम थियो ।
ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ११६.९५ रुपैयाँ कायम भएको छ । समायोजन अघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार १७० रुपैयाँ कायम थियो ।
मेरो माइक्रोफाइनान्सको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७११.७९ रुपैयाा कायम भएको छ । अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता २६०.८६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७३.९० रुपैयाँ कायम थियो ।
स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८२८.०१ रुपैयाा कायम भएको छ । यस्तै कालिका पावरको सेयरमूल्य समायोजन हुँदै ५३०.८४ रुपैयाँ निर्धारण भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५६८ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार ०९:३८












