१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१८ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले गत पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड भएकाे हाे ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएकाे छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी रहेकाे १८ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप १ कित्ताका दरले बाँडफाँड भएकाे छ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार ०९:१३