नेप्सेमा ६१ लाख ४६ हजार कित्ता बोनस सेयर सूचीकृत
१७ पुस, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हिमालयन डिष्टीलरीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत)गरी कुल २५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही लाभांशमध्ये बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १८:०६












