एसवाई प्यानलको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको हो ।
यस दिन ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । बिहीबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ । ८ कम्पनीकाे सेयर मूल्यस्थिर रहेकाे छ ।
बिहीबार एसवाई प्यानलमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको कुल २३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँ, बन्दिपुर केबलकारको ११ करोड ६७ लाख रुपैयाँ, बुङ्गल हाइड्रोको ११ करोड ६६ लाख रुपैयाँको सेयर कारोबारको भएको छ ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १५:१२












