अशोक स्टिलको व्यापार एक वर्षमा ७६ करोडले बढ्यो
१७ पुस, काठमाडाैं । गत आर्थिक वर्षमा अशोक स्टिल इन्डस्ट्री प्राइभेट कम्पनीले ४ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२४ को तुलनामा कम्पनीको व्यापार ७६ करोड १० लाख रुपैयाँले बढेको हो ।
सन् २०२४ मा कम्पनीले ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीले कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ७७ लाख ७० हजार रुपैयाँको रेटिङ गराएको हो । अशोक स्टिलको स्थापना बिस २०४० फागुनमा भएको हो । यो कम्पनी बारा जिल्लाको गढीमाई नगरपालिका–१० मा रहेको छ। टीएमटी बार उत्पादनलाई मुख्य व्यावसायिक उद्देश्यका रूपमा अघि बढाउँदै आएको यस उद्योगले तीन दशकभन्दा धेरै समयदेखि उत्पादन तथा व्यापार विस्तार गर्दै आएको छ ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १४:५९












