भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
१७ पुस, काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। साे अवधिमा आवेदन दिएका ६९ हजार ४६५ जनामध्ये ८ जनाको आवेदन रद्द भएको छ। ६९ हजार ४५७ जना योग्य आवेदकले १० लाख ७९ हजार ९५० कित्ता माग गर्दै आवेदन दिएका थिए।
कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १० हजार जनाले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी ५९ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १२:२५












