१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

कलश स्टकले ८ दिने निःशुल्क अनलाइन सेयर तालिम दिदै

१७ पुस, काठमाडाैं । कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क ८ दिने अनलाइन सेयर तालिम सञ्चालन गर्ने भएको छ। तालिम २०८२ पुस १९ देखि २६ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा सेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागीहुन सक्ने कम्पनीले जनाएको छ । बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कम्पनीले जनाएको छ । इच्छुकले कम्पनीकाे वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदिप के.सीले बताउनुभयाे ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ११:३०