३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

सिटिजन लाइफको साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित गरिने

१७ पुस, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात पुष १८ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजेबाट सुरू हुनेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा र कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो । यसकाे अर्थ पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै उक्त सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : January 1, 2026 at 11:23 am