डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने
१७ पुस, काठमाडौं । डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा साधारणसभा बोलाएको छ । सो सभा दिनको १२ बजेदेखि सुरू हुनेछ ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित हुनेछ ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ११:१५












