मल्टीपर्पस फाइनान्सका सञ्चालक ढुङ्गानाको राजीनामा स्वीकृत
१७ पुस, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
ढुङ्गानाले आफ्नो व्यक्तिगत कारण देखाउदै सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १०:४५












