१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

गरिमा विकास बैंकको ६० हजार कित्ता सेयर बिक्रीमा

१७ पुस, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६० हजार ७३९.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र ( माघ २१ गते) भित्र आवश्यक कागजातसहित काठमाडाैंकाे लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, ताेकिएकाे समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १०:१७