१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

नेप्सेमा ६ कम्पनीको सेयरमूल्य समायोजन

१७ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको सेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। निर्धन उत्थान लघुवित्तले ५ प्रतिशत बोनस सेयरमा मूल्य गरेकाे हाे ।  समायोजनपश्चात कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ७१०.४८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ७४६ रुपैयाँ कायम थियो ।

महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै  समायोजनपश्चात सेयरमूल्य प्रतिकित्ता १ हजार २७९.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९.९० रुपैयाँ कायम थियो ।

चिलिमे जलविद्युत कम्पनीको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६९.३५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०६.९० रुपैयाँ कायम थियो । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ११९.९६ रुपैयाँ निर्धारण भएको छ ।

नेशनल लाइफको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५८१.७३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०५ रुपैयाँ कायम थियो । अपर हेवाखोला हाईड्रोपावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५२४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२४ रुपैयाँ कायम थियो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १०:०६