छुट्ला है ! रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१७ पुस, काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । साेमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रकमबराबरको रु.१०० अंकित दरका १ लाख ४२ हजार २०० कित्ता सेयरहरु नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय,प्रभु क्यापिटलको कमलादी कार्यालय तथा कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा गोरखा र पालुङाटार शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ०९:२८












