१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

‘जुनसँग के दाँजौँ र’ सार्वजनिक

१६ पुस, काठमाडौं । नयाँ म्यूजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक भएको छ । अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्यूजिक भिडियो ओएसआर डिजिटिलमार्फत युट्युवमा सार्वजनिक भएको हो ।

लोहनीको शब्द गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । राजेश पायल राईको स्वरमा सजिएको गीत लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ। आफ्नो जन्मभूमि लमजुङको घलेगाउँको प्रचार गर्ने लक्ष्यसहित भिडियो छायांकनको अवधारणा कृष्णबहादुर थापाले तयार पारेका हुन् ।

यो म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् । भिडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ । भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो म्यूजिक भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १८:३९