१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

३२ लाख कित्ता आईपीओ निष्कासन गर्दै शिखर पावर डेभलपमेन्ट, बोर्डबाट पायो अनुमति

१६ पुस, काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले रु. १०० अंकित दरमा ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १८:०५