१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

१०.८७ अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

१६ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से  १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको छ । यस दिन ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १६३ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने ८९ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १५:२६