२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बर्षा र चट्याङका कारण रोकिएकाे नेपाल र यूएईबीचको खेल केही बेरमा सुरु हुँदै

२० माघ, काठमाडौँ । बर्षाका र चट्याङका कारण रोकिएकाे नेपाल र यूएईबीचको खेल केही बेरमा सुरु हुँदैछ । नेपाल र यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल सुरु हुनु अघि नै परेको पानी परेर राेकिएकाे थियाे ।

पानी राेकिएकाले केही बेरमै टस हुने र त्यसपछि खेल सुरु हुनेछ । समय अभावका कारण ओभर भने छोट्याइने भएको छ । यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १६:३२